शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

बारबरा फाउन्डेसनद्वारा खोजमूलक पत्रकारिता पुरस्कार-२०८२ आह्वान

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ७ चैत, २०८१ मा प्रकाशित
बारबरा फाउन्डेसनद्वारा खोजमूलक पत्रकारिता पुरस्कार-२०८२ आह्वान
काठमाडौं, चैत ७ :

बारबरा फाउन्डेसनबाट प्रदान गरिने पत्रकारिता पुरस्कार-२०८२ का लागि इच्छुक व्यक्तिलाई आह्वान गरिएको छ ।

पत्रकारिताजगतले गर्ने अनुसन्धानमूलक पत्रकारिताले सुशासनको खोजी र कानुनको शासनको थिति बसाल्न पुर्याउँदै आएको योगदान सर्वविदितै भएकाले उक्त पुरस्कारका लागि आह्वान गरिएको फाउन्डेसनद्वारा जारी सूचनामा जनाइएको छ ।

सोही कुरालाई ध्यानमा राखेर यो विशिष्ट पुरस्कारको थालनी गरिएको फाउन्डेसनको भनाइ छ ।

उक्त पुरस्कारका लागि समावेश लेख रचना नेपालको सामाजिक, आर्थिक वा राज्य संयन्त्रमा परिवर्तन ल्याउन सक्ने वा आफूले गरेको खोजमूलक अनुसन्धानको लेखमार्फत प्रभाव देखाउन सक्ने स्तरको शोध/खोजलाई विशेष प्राथमिकता दिएर तयार गरेको सामग्री हुनुपर्ने सूचनामा उल्लेख छ ।

प्रतिस्पर्धामा उक्त सामग्री पत्रपत्रिका, टेलिभिजन, रेडियो वा डिजिटल पोर्टलमा प्रकाशित/प्रसारित भएको हुनुपर्ने फाउन्डेसनले जनाएको छ ।

उक्त लेख रचनाहरू बारेको आवेदन जोजसले दिए पनि (प्रकाशक, पत्रकार, दर्शक, स्रोता वा पाठक) माझ स्वीकार्य भएको हुनुपर्ने तथा आवेदकले आफ्नो लेख रचना समावेश गर्दा लेखकको व्यक्तिगत परिचय स्पष्ट रुपमा खुलाएर आवेदन दिन सक्ने सूचनामा भनिएको छ ।

यसै वर्ष वैशाख २०८१ देखि चैत २०८१ सम्म (१२ महिना) भित्र प्रकाशन/प्रसारणमा भइसकेका अनुसन्धानमूलक समाचार/सामग्रीले प्रतिस्पर्धामा सहभागी हुन पाउने सूचनामा जनाइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार