काठमाडौँ, चैत ६ :

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काकाका लागि नेपालका नवनियुक्त आवासीय राजदूत पूर्णबहादुर नेपालीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा नवनियुक्त नेपालीले शपथ लिएका हुन् ।

कार्यक्रममा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।