शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

निर्वाचन भएका क्याम्पसमा आजै साँझदेखि मतगणना हुने, उपत्यकाका यी क्याम्पसमा हुन सकेन निर्वाचन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ५ चैत, २०८१ मा प्रकाशित
निर्वाचन भएका क्याम्पसमा आजै साँझदेखि मतगणना हुने, उपत्यकाका यी क्याम्पसमा हुन सकेन निर्वाचन
काठमाडौँ, चैत ५ :

त्रिभुवन विश्वविद्यालयका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियुको नेतृत्व चयनका लागि आज देशभर मतदान जारी छ । 

केही क्याम्पसमा भने तालाबन्दी, आन्तरिक विवादलगायत कारणले निर्वाचन स्थगित भएको छ ।

काठमाडौँको प्रदर्शनीमार्गमा रहेको आरआर क्याम्पसमा अनेरास्ववियुले सोमबार मध्यराति ताला लगाएका कारण निर्वाचन स्थगित छ । लैनचौरस्थित अस्कल क्याम्पसमा अखिल क्रान्तिकारीको तालाबन्दीपछि निर्वाचन स्थगित भएको छ । यस्तै, कीर्तिपुरको विश्विवद्यालय क्याम्पसमा पनि नेविसंघको तालाबन्दीले निर्वाचन स्थगित भएको छ ।

यस्तै, बागबजारस्थित पद्मकन्यामा नविसंघको आन्तरिक विवादका कारण त्यहाँ निर्वाचन हुन सकेन । यसैगरी बागबजारकै शंकरदेव क्याम्पस, प्रदर्शनीमार्गका नेपाल ल र विश्वभाषामा पनि आन्तरिक विवादका कारण निर्वाचन स्थगित भएको छ । यसैगरी ठमेलको सरस्वती क्याम्पस, क्षेत्रपाटीको पब्लिक युथ क्याम्पसमा समेत निर्वाचन भएको छैन ।

मतदानका लागि आज बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म समय तोकिएको छ । अन्य क्याम्पसहरुमा आज तोकिएको समयमा मतदान सुरु भएपनि कतिपय क्याम्पसमा विवादका कारण मतदान रोकिएको छ ।

निर्वाचन भएका क्याम्पसहरूमा मतदानलगत्तै आजै साँझदेखि मतगणना सुरु गर्ने स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले जानकारी दिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार