काठमाडौं, चैत ४ :
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीयतालाई जनताप्रति थप उत्तरदायी बनाउन आवश्यक रहेको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा सोमबार आयोजित ‘संघीयताको प्रभावकारी कार्यान्वयनमा नेपाली कांग्रेसको भूमिका’विषयक अन्तर्क्रियामा सभापति देउवाले मुलुक संघीयतामा गइसकेपछि स्थानीय तह, प्रदेश र संघले आ-आफ्नै अधिकार प्राप्त गरे पनि संघीयता सुदृढीकरण आवश्यक रहेको बताए ।
कतिपय मानिसहरुले अझै पनि संघीयतालाई स्वीकार गर्न नसकेको भन्दै देउवाले संघीयताको सफल कार्यान्वयनको लागि सबै राजनीतिक दलका नेतृत्वबीच छलफल हुनु आवश्यक रहेको बताए ।
उनले नेपाली जनताप्रति उत्तरदायी किसिमले जनताको सुखदुःखमा साथ दिने किसिमको संघीयता बनाउन आवश्यक रहेको बताए । मुलुकमा संघीयता आएपछि मात्र सबैले राज्यका संरचनामा सहभागिताको अवसर पाएको सभापति देउवाले उल्लेख गरे ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
एनपीएल क्रिकेट : लुम्बिनीको अपराजित यात्रा कायमै
गगन थापा भन्छन् : कांग्रेसको आधिकारिकताको लडाइँमा एक सुका पनि आर्थिक लेनदेन भएको छैन
इनम सापकोटाको मोबाइल दुई दिनसम्म प्रधानमन्त्रीको सल्लाहकारको निवासमा कसरी पुग्यो?