काठमाडौं, चैत ३ :

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन आज (आइतबार) नेप्से २१.६३ अंकले घटेर २,७१४.८५ को विन्दुमा झरेको छ ।

३१६ कम्पनीका एक करोड ३९ लाख ७४ हजार ४५२ कित्ता सेयर ७९ हजार ३१ पटक खरिद बिक्री भए । जसअनुसार ६ अर्ब ८३ करोड ६६ लाख ४० हजार ४०७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज व्यापार समूह ४.९२ प्रतिशतले बढेको छ । अरु सबै समूहका उपसूचक घटेका छन् । विकास बैंक समूहको उपसूचक सबैभन्दा धेरै २.२५ प्रतिशतले घटेको छ । 

बैंकिङ ०.८०, वित्त १.३९, होटेल तथा पर्यटन ०.५३, जलविद्युत् १.२९, लगानी १.७२, जीवन बिमा १.०६, उत्पादन तथा प्रशोधन ०.०१, लघुवित्त ०.८८, म्युचुअल फन्ड ०.०४, निर्जीवन बिमा ०.७२ र अन्य समूह १.५२ प्रतिशतले घटेको छ ।

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा आज सबैभन्दा धेरै ८.१९ प्रतिशतको वृद्धि देखिएको छ । ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य ७.९१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन री-इन्स्योरेन्स लिमिटेडको ५८ करोड ६६ लाख आठ हजार ३४८ रुपैयाँबराबरको कारोबार भएको छ ।

कारोबार भएका सेयर संख्याका आधारमा भने सबैभन्दा धेरै घलेम्दी हाइड्रो पावर लिमिटेडको ११ लाख ९३ हजार नौ सय ३७ कित्ता सेयर किनबेच भएको छ ।