राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले मंगलबार बदर गरेको छ। सर्वोच्च अदालतको मंगलबारको निर्णयसँगै कार्कीको सांसद पद जोगिएको छ।
सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले निर्वाचन आयोगको उक्त निर्णयलाई खारेज गर्दै, कार्कीको सांसद पदलाई वैध ठहर गरेको सर्वोच्च अदालतका उपरजिष्ट्रार निराजन पाण्डेले जानकारी दिए।
२०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा मेडिकल काउन्सिल सदस्य सार्वजनिक पद भएकाले राजीनामा नगरी उम्मेदवार बन्न नपाउने भनी आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो। उम्मेदवारी खारेज गरिदिएपछि कार्कीले सर्वोच्चमा रिट दिएकी थिइन्।
उक्त रिटमा सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको अन्तरिम आदेशले उनको जोगिएको थियो। जसका कारण उनले ललितपुर क्षेत्र नम्बर ३ बाट सांसद पद जितेकी थिइन्। त्यही मुद्दामा सर्वोच्चले मंगलबार अन्तिम फैसला सुनाएको हो।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
कामपाले स्वदेशी फूल बिक्री गर्न ३३ स्थान तोक्यो, प्लाष्टिकजन्य माला बिक्री गर्न निषेध
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’