शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार सुदूरपश्चिम प्रदेश

बाजुरामा भीरमा अड्किएका आठ जनाको उद्धार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २७ फागुन, २०८१ मा प्रकाशित
बाजुरामा भीरमा अड्किएका आठ जनाको उद्धार
प्रतीकात्मक तस्बिर ।
बाजुरा, फागुन २७ :

बाजुराको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकाको भीरबाट लडेर मृत्यु भएकाको उद्धारका लागि गएका आठ जनाको सकुशल उद्धार गरिएको छ । आइतबार दिउँसो कर्णाली नदीमा माछा मार्न गएका र घर फर्कने क्रममा सोही गाउँपालिका–२ फयाल गाउँका स्थानीय पुसे भण्डारीको भीरबाट लडेर मृत्यु भएको थियो ।
    
भीरबाट लडेका भण्डारीको उद्धारका लागि गएका सोही गाउँका आठ जना स्थानीयसहित सुरक्षाकर्मी रातभर भीरको फेदीमा रहेको कर्णाली नदीको किनारमा रोकिएकाको र र्‍याफ्टिङमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

भीरबाट लडेर मृत्यु भएका भण्डारीको उद्धारमा गएका स्थानीय र प्रहरीको आज बिहान हिमाली गाउँपालिकाको धुलाचौरबाट र्‍याप्टिङ ल्याएर सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देव चौधरीले जानकारी दिए । 

उनका अनुसार आइतबार राति भीरबाट लडेर एक जनाको मृत्यु भएको खबर आए पनि राति भइसकेको र भीरबाट शव ल्याएर फर्किन सकिने अवस्था नभएकाले उनीहरू घटनास्थलमै बास बसेको बताए । आज अहिले कर्णाली नदीमा र्‍याप्टिङको सहायताले सबैको सकुशल उद्धार गरिएको छ ।

माछा मार्न गएका बेला भण्डारी हाँडे भीरबाट लडेका हुन् । मृतकको कानुनी प्रक्रिया पूरा गरेर शव आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार