शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति गण्डकी प्रदेश

सूर्यदर्शन सहकारी प्रकरण : कास्की अदालत पुगेर लामिछानेले दोस्रो तारेख बुझे

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २६ फागुन, २०८१ मा प्रकाशित
सूर्यदर्शन सहकारी प्रकरण : कास्की अदालत पुगेर लामिछानेले दोस्रो तारेख बुझे
फाइल तस्बिर।
पोखरा, फागुन २६ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति  रवि लामिछाने आज कास्की जिल्ला अदालतमा दोस्रो तारेख बुझ्न उपस्थित भएका छन् ।

यसअघि, माघ २५ गते उनले पहिलो तारेख बुझ्न कास्की अदालतमा उपस्थित भएका थिए । पोखरास्थित सूर्यदर्शन सहकारी ठगी मुद्दामा ६५ लाख धरौटीमा रिहा भएका रवि लामिछाने अहिले विभिन्न ठगी मुद्दामा तारेख धाइरहेका छन् । लामिछाने पत्नी निकिता पौडेलसँगै आज बिहान हवाई मार्ग हुँदै पोखरा पुगेका हुन् ।

कास्की अदालतमा आज तारेख बुझेर, रवि लामिछाने सोमबार रुपन्देही जिल्ला अदालतमा उपस्थित हुनेछन् । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा उनले १ करोड रुपैयाँ धरौटी बुझाएर माघ १३ गते रिहा भएका थिए । यस्तै, चितवनको सहारा सहकारी ठगीमा पनि उनले ५४ लाख रुपैयाँ धरौटी बुझाएर माघ २४ गते छुटेका थिए ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा पनि रवि लामिछानेविरुद्ध मुद्दा दायर भएको छ । जहाँ उनले ६० लाख रुपैयाँ धरौटी बुझाएर माघ २ गते छुटेका थिए । पर्साको सानो पाइला सहकारी ठगी मुद्दामा भने उनले हालसम्म मुद्दा दर्ता गराउन बाँकी छ ।  कास्की अदालतको तारेख बुझेर लामिछाने सोमबार अर्को तारेख बुझ्न रुपन्देही जाने बुझिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार