भैरहवा, फागुन २० :

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावलाई लिएर भैरहवा बहुमुखी क्याम्पसमा तोडफोड भएको छ । 

निर्वाचन तालिका अनुसार निर्वाचन आयोगले आफ्नो प्रक्रिया अगाडि बढाउनका निम्ति सोमबार ५ विद्यार्थी संगठनसँग बैठक बसिरहेका बेला हलमा प्रवेश गरेर तोडफोड गरिएको क्याम्पसले जनाएको छ । 

विद्यार्थीहरुको तोडफोडले केही कुर्सी भाँचिएका छन् । विद्यार्थी संगठनहरुकाबीच भएको विवादले निर्वाचन हुने-नहुने अन्योल सिर्जना भएको छ ।

आगामी ५ चैतमा हुने स्ववियु चुनावका लागि आज संगठन दर्ता पछि २१ फागुनमा मतदाता सूची प्रकाशित गर्ने र २५ फागुनमा मतदाता सूची उपर दाबी विरोध गर्ने समय दिइएको छ ।

सोही दिन नै मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।  चैत ५ गते बिहान ८ बजेदेखि दिनको ४ बजेसम्म स्ववियु नेतृत्व चुन्न मतदान हुने कार्यतालिका छ ।

युट्युबमा भिडियो हेर्नका लागि क्लिक गर्नुहोस् ।