शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार मधेस प्रदेश

मुख्यमन्त्री सिंह अनुगमनमा पुग्दा अवैध अस्पतालका सञ्चालक फरार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १९ फागुन, २०८१ मा प्रकाशित
मुख्यमन्त्री सिंह अनुगमनमा पुग्दा अवैध अस्पतालका सञ्चालक फरार
सर्लाही, फागुन १९ :

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको अनुगमनमा जाँदा सर्लाहीको नवलपुर बजारमा सञ्चालित अवैध अस्पतालका सञ्चालकहरु फरार भएका छन्। शनिबार राति ९ बजेपछि मुख्यमन्त्री सिंहले रौतहटको चन्द्रनिगाहपुर र सर्लाहीको हरिवनका विभिन्न अस्पतालको अनुगमन गरेपछि नवलपुर बजारमा अवैध स्वास्थ्य संस्थाहरूका सञ्चालक भागेका हुन्।

मुख्यमन्त्री सिंहको अस्पताल अनुगमनको सूचना पाएका अवैध अस्पतालका सञ्चालकहरूले तुरुन्तै अस्पतालका सर्टर बन्द गरेर फरार भएका थिए।

मुख्यमन्त्री सिंहले मापदण्डविपरीत सञ्चालन गरेको कारण भानु अन्जली अस्पताललाई तत्काल बन्द गर्न निर्देशन दिए। नवलपुर बजारमा हाल एक दर्जन बढी अवैध अस्पताल र क्लिनिक सञ्चालनमा छन् ।

मुख्यमन्त्री सिंहले हरिवन बजारका अन्य अस्पतालहरूको अनुगमन गर्दा मापदण्ड पुरा नगरेका अस्पतालहरूलाई तुरुन्त बन्द गर्न निर्देशन दिएका छन्।  दयन्ती अस्पताल, सर्लाही जीवन हेल्थकेयर, लीलावती अस्पताल र सरस्वती अस्पताललाई बन्द गर्न निर्देशन दिइसकिएको छ।

मुख्यमन्त्री सिंहले स्वास्थ्य क्षेत्रमा सुधारको अभियानअन्तर्गत विभिन्न जिल्लामा अनुगमन जारी राखे भएका छन् । जसले गर्दा नागरिकको स्वास्थ्यमा हुने गम्भीर असरको रोकथाम गर्न सकिने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार