
काठमाडौं, फागुन १७ :
नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक शुक्रबार बस्ने भएको छ ।
संसद्मा अड्किएका अध्यादेशलगायत संसदीय समितिमा छलफल भइरहेका अन्य विधेयक र समसामयिक राजनीति तथा पार्टीको आसन्न महाधिवेशनको विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् । बैठक अपराह्न ४ बजे बोलाइएको छ ।
राष्ट्रिय सभामा बहुमत सुनिश्चित नहुँदा अड्किरहेको अध्यादेश पारित गराउने विकल्पबारे बैठकमा छलफल गर्ने तयारी छ ।