शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार कर्णाली प्रदेश

रुकुमपश्चिमको एक घरमा आगलागी हुँदा १ सय भन्दा बढी पशु चौपाया मरे

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १५ फागुन, २०८१ मा प्रकाशित
रुकुमपश्चिमको एक घरमा आगलागी हुँदा १ सय भन्दा बढी पशु चौपाया मरे
फाइल तस्बिर।
काठमाडौं, फागुन १५ :

रुकुमपश्चिमको मुसीकोट नगरपालिका वडा नम्वर १४ चाखलडाँडास्थित रुद्रबहादुर बिष्टको घरमा आगलागी भएको छ । बुधबार बिहान भएको आगलागीबाट बिष्टको ६ कोठे दुई तले घर ध्वस्त भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमको निमित्त प्रमुख प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार आगलागीमा परेर दुई गोरु, १४ बाख्रा, चार भेडा र ९० वटा कुखुरा मरेका छन् ।

घरको तत्लो तलामा बाँधेर राखेका पशु चौपायामध्ये दुई गाई र पाँच बाख्रा जलेर घाइते रहेका छन् भने अन्य मरेका छन्  । यसका साथै घरमा रहेको लत्ताकपडा, अन्नपात, कागजपत्र सबै जलेर नष्ट भएको छ । आगलागीबाट करिब १२ लाख ५० हजार बराबरको क्षति भएको प्रहरी निरीक्षक पाठकले जानकारी दिए  ।

बिष्टका छोरा बलजित बिष्टका अनुसार विद्युतको तार सर्ट हुन गई आगलागी भएको हो । घरमा कोही नभएको बेला आगलागी भएकाले मानवीय क्षति नभएको प्रहरीको भनाइ छ ।  

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार