शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
अर्थतन्त्र

प्रहरीले एकै महिनामा उठायो ५२ करोड राजस्व

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १४ फागुन, २०८१ मा प्रकाशित
प्रहरीले एकै महिनामा उठायो ५२ करोड राजस्व
काठमाडौं, फागुन १४ :

नेपाल प्रहरीले विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणका क्रममा एकै महिनामा ५२ करोड ४७ लाख बढी राजस्व सङ्कलन गरेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले गत माघमा देशभरबाट  ५२ करोड ४७ लाख छ हजार आठ सय ७९ रूपैयाँ राजस्व सङ्कलन गरेको जानकारी दिए ।

सबैभन्दा बढी अदालती फैसला कार्यान्वयनमा राजस्व सङ्कलन गरिएको छ । फरार अपराधी पक्राउलगायतबाट मात्रै  २३ करोड ९२ लाख ९१ हजार बढी राजस्व सङ्कलन गरिएको छ । यो कुल राजस्व सङ्कलनको ४५ प्रतिशतभन्दा बढी हो ।

त्यसपछि भन्सार छलिका मालसामान बरामदबाट रु १६ करोड २७ लाख राजस्व सङ्कलन गरिएको छ । त्यसैगरी ट्राफिक कारबाहीबाट रु नौ करोड ५९ लाख, अवैध सुन चाँदी बरामदबाट रु एक करोड, हुण्डी कारोबार गर्नेबाट ३७ लाख राजस्व सङ्कलन गरिएको प्रवक्ता आचार्यले बताए ।

उनका अनुसार स्रोत नखुलेको रकम ८१ लाख, अवैध नदीजन्य पदार्थ उत्खनन् नियन्त्रणका क्रममा २२ लाख ५३ हजार, अवैध काठ बरामदबाट  आठ लाख ९१ हजार र अवैध पशुपन्छी नियन्त्रणबाट  १५ लाख ७१ हजार राजस्व सङ्कलन भएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार