
काठमाडौंको भृकुटीमण्डपमा १०औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु भएको छ ।
बिहीबारबाट सुरु भएको प्रदर्शनी फागुन ११ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा विभिन्न देशका तीन सयभन्दा बढी कम्पनीका १५० भन्दा बढी स्टल रहेको आयोजक संस्था मिडिया स्पेस सोलुसन्स प्रालिका प्रबन्ध निर्देशक सिर्जल भट्टराईले जनाए ।
प्रदर्शनीमा निर्माणसम्बन्धी उद्योग, कम्पनी, डिलर तथा सब-डिलरहरु र विक्रेताहरुले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनबारे जानकारी लिन पाउने उनको भनाइ छ । उनका अनुसार निर्माण क्षेत्रमा आएका नयाँ-नयाँ प्रविधिबारे जानकारी गराउने उद्देश्यले प्रदर्शनी सुरु गरिएको हो ।
‘विकासको मोडेल परिवर्तन गर्न नसक्दा योजनाबद्ध विकास हुन सकेन’
अन्तर्राष्ट्रिय प्रदर्शनीमा कन्स्ट्रक्सन मेटेरियल्स, कन्स्ट्रक्सन मेसिनरी, प्रिफ्याब स्ट्रक्चर, यूपीभीसी विन्डोज मेसिनरी, यूपीभीसी प्रोफाइल, डोर्स एन्ड विन्डोज, आर्किटेक्चर हार्डवेयर, बाथरुम फिटिङ्स, पाइप, टायल्स एन्ड स्यानिटरी वायर, रफिङ, प्रि-इन्जिनियरिङ बिल्डिङ, पावर टुल्स, विन्डोजलगायत सामग्रीहरु छन् । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरएक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिले संयुक्त रुपमा आयोजना गरेको प्रदर्शनीले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरु र नवीनतम प्रविधि प्रमुख आकर्षण हुने विश्वास लिएको प्रबन्ध निर्देशक भट्टराईले बताए ।
उनले प्रदर्शनी बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म हुने र ४ दिन सञ्चालन हुने जानकारी दिए । प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको र ४ दिनमा ४५ हजार जनाले अवलोकन गर्ने विश्वास लिएको पनि भट्टराईले जनाए ।
हेरौं भृकुटीमण्डपमा सुरु भएको १०औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीमा देखिएका चहलपहलका थप तस्बिर :