बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति कर्णाली प्रदेश

निर्वाचनअघि महाधिवेशन नगरे पार्टी नाजुक हुन्छ : कोइराला

यूएसएडको सहयोगमा सरकारले पूनर्विचार गरोस्
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ९ फागुन, २०८१ मा प्रकाशित
निर्वाचनअघि महाधिवेशन नगरे पार्टी नाजुक हुन्छ : कोइराला
काठमाडौं, फागुन ९ :

कांग्रेस नेता शेखर कोइरालाले कांग्रेसको १५ औं महाधिवेशन २०८४ को चुनावअघि नै हुनुपर्ने बताएका छन्। नेपाल प्रेस युनियन सुर्खेतले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले पार्टीको महाधिवेशन आम निर्वाचनअघि नगरे पार्टी झन नाजुक हुने बताएका हुन्।  

पार्टीको महाधिवेशनको अवधि २०८२ मङ्सिरमा सकिने र संविधानले दिएअनुसार बढीमा डेढ वर्ष थप गर्न मिल्ने हुँदा समयमै महाधिवेशन हुनुपर्छ भनेर आफूले भनिरहेको उनको भनाइ छ।

चुनावअघि नै महाधिवेशन हुनुपर्ने भन्दै कोइरालाले आफूले पनि पार्टीमा त्यही कुरा राखिरहेको बताए। उनले अबको महानिधवेशनमा पनि आफूले सभापतिको पदको उम्मेदवारी दिने सुनाए।  

सातबुँदे सहमतिअनुसार कांग्रेस र एमालेले सरकार गठन गरे पनि त्यो अनुसार काम हुन नसक्दा आफूले कांग्रेस सरकारमा सहभागी भए पनि खबरदारी गरिरहेको बताए।

अमेरिकाले नेपालललाई यूएसडमार्फत दिने रकम ठगी हो भनेर रोकेकोप्रति उनले अब नेपाल सरकारले पनि आफूलाई सतर्क बनाएर काम गर्नुपर्ने सुझाव दिए।

शिक्षा र स्वास्थ्यमा यूएसएडमार्फत आएको सहयोग राम्रो भए पनि अन्य क्षेत्रमा आउने सहयोगबारे नेपाल सरकारले  पुनर्विचार गर्नुपर्ने उनको भनाइ छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार