
काठमाडौं, फागुन ९ :
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ ।
इण्डिया फाउण्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रुपमा सहभागी हुन देउवा आज(बिहीबार) भारत जाने तयारीमा थिए ।
कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले सभापति देउवाको भारत जाने कार्यक्रम स्थगित भएको बताए । तर, उनले के कारण देउवाको भ्रमण अन्तिम समयमा आएर स्थगित भयो भन्नेबारेमा भने खुलाएका छैनन् ।भारतमा रहँदा देउवाले केही राजनीतिक भेटघाट समेत गर्ने तयारी थियो।
शुक्रबार र शनिबार प्रयागराजमा हुने समिटमा देउवालाई वक्ताका रुपमा आमन्त्रित गरिएको थियो । त्यस कार्यक्रममा देउवासहित डेढ दर्जनभन्दा बढी वक्ता तय भएका थिए।