शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार लुम्बिनी प्रदेश

वडाध्यक्षबाट सचिव कुटिए : पेन डाउनसहित वडासचिवहरुले जनाए विरोध

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ७ फागुन, २०८१ मा प्रकाशित
वडाध्यक्षबाट सचिव कुटिए : पेन डाउनसहित वडासचिवहरुले जनाए विरोध
तनहुँ, फागुन ७ :

तनहुँको बन्दीपुर गाउँपालिका–६ का वडासचिव नवीन भुसालमाथि भएको हातपातको विरोधमा  दाङको राप्ती गाउँपालिकाका ९ वटै वडा कार्यलयका सचिवहरूले पेन डाउन गरेका छन् ।

कार्यक्रमको बिल स्वीकृत नगरेको भन्दै बन्दीपुर गाउँपालिका–६ का अध्यक्ष बलबहादुर गुरुङले वडासचिव भुसालको घाँटी अठ्याउँदै कुटपिट गरेका थिए ।वडाध्यक्ष गुरुङले वडासचिव नवीन भुसालको घाँटी अठ्याउँदै चड्कन हानेका हुन् ।

वडास्तरीय भलिबल कार्यक्रमको बिल स्वीकृत गर्न नमानेको भन्दै वडाध्यक्ष गुरुङले आफूमाथि कुटपिट गरेको वडासचिव भुसालले बताए । घटनाको चर्को विरोध भएपछि प्रहरीले वडाध्यक्ष गुरुङलाई पक्राउ गरेको छ ।

त्यस्तै, रुपन्देहीको रोहिणी गाउँपालिकाका कार्यपालिका बैठकमै वडा नम्बर २ का अध्यक्ष करम हुसेन खानले शिक्षा शाखा प्रमुख मधुप्रसाद घिमिरेमाथि हातपात गरेकोमा पनि सचिवहरुले विरोध जनाएका छन् । ती घटनाका दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै  राप्तीका सचिवहरू विरोधमा उत्रिएका हुन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार