शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार अर्थतन्त्र

माथिल्लो मर्स्याङ्दी ‘ए’ को विद्युत् उत्पादन बन्द

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ६ फागुन, २०८१ मा प्रकाशित
माथिल्लो मर्स्याङ्दी ‘ए’ को विद्युत् उत्पादन बन्द
लमजुङ, फागुन ६ :

लमजुङको मर्स्याङ्दी गाउँपालिका भुलभुलेस्थित माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत आयोजनाको विद्युत् उत्पादन बन्द गरिएको छ । विद्युत् उत्पादन बन्द गरेर मर्मत कार्य सुरु गरिएको आयोजनाका जनसम्पर्क अधिकारी कर्ण अधिकारीले बताए । 

विद्युत गृहमा टर्बाइन मर्मतदेखि अन्य कामहरू चिनियाँ विशेषज्ञ इन्जिनियरसहित प्राविधिक टिमले काम गरिरहेको छ । बालुवाका कणहरू झिकेर मर्मत कार्य भइरहेको छ ।  आयोजनाका अनुसार यो बर्सेनि गर्ने नियमित मर्मत हो । त्यस आयोजनाबाट ५० मेगावाट विद्युत् उत्पादन हुने गरेको छ।  

माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत चिनियाँ लगानीबाट नेपालमा पहिलो पटक निर्मित जलविद्युत् आयोजना हो । आयोजना स्रोतका अनुसार दैनिक १० लाख युनिट बढी विद्युत् उत्पादन हुने उक्त आयोजना १ घण्टामात्रै बन्द हुँदा ५ लाख घाटा पर्छ । मर्मतका लागि कम्तीमा ३ महिना लाग्ने भए पनि विद्युत् उत्पादन बन्द गर्न नपर्ने आयोजनाले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार