शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
अर्थतन्त्र

यस्तो छ आज कालीमाटीमा तरकारी र फलफूलको मूल्य

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३० माघ, २०८१ मा प्रकाशित
यस्तो छ आज कालीमाटीमा तरकारी र फलफूलको मूल्य
काठमाडौँ, माघ ३० :

 कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । 

समितिका अनुसार आज गोलभेँडा ठूलो भारतीय प्रतिकेजी रु ६०, गोलभेँडा सानो तराई प्रतिकेजी रु २०, आलु रातो प्रतिकेजी रु ३६, आलु रातो भारतीय प्रतिकेजी रु ३४, प्याज सुकेको भारतीय प्रतिकेजी रु ६८, गाजर लोकल प्रतिकेजी रु ४०, गाजर तराई प्रतिकेजी रु ३०, बन्दा लोकल प्रतिकेजी रु १५, बन्दा तराई प्रतिकेजी रु १२, बन्दा नरिवल प्रतिकेजी रु १२, काउली स्थानीय प्रतिकेजी रु १२, स्थानीय काउली ज्यापु प्रतिकेजी रु २०, काउली तराई प्रतिकेजी रु १२, मूला रातो प्रतिकेजी रु ३०, मूला सेतो लोकल प्रतिकेजी रु २०, सेतो मूला हाइब्रिड प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकेजी रु ३०, भन्टा डल्लो प्रतिकेजी रु ५० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकेजी रु ६०, घिउसिमी लोकल प्रतिकेजी रु ५०, घिउसिमी हाइब्रिड प्रतिकेजी रु ५०, घिउसिमी राजमा प्रतिकेजी रु ८०, तोरीको साग प्रतिकेजी रु २५, मेथीको साग प्रतिकेजी रु ४५, प्याज हरियो प्रतिकेजी रु ४०, बकुला प्रतिकेजी रु ७०, तरुल प्रतिकेजी रु ९०, च्याउ कन्य प्रतिकेजी रु १२०, च्याउ डल्ले प्रतिकेजी रु ४०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी रु ३०, चुकुन्दर प्रतिकेजी रु ७०, रातो बन्दा प्रतिकेजी रु ७०, सजिवन प्रतिकेजी रु २००, जिरीको साग प्रतिकेजी रु ७०, ग्याठकोबी प्रतिकेजी रु ८०, सेलरी प्रतिकेजी रु ४००, पार्सले प्रतिकेजी रु ७००, सौफको साग प्रतिकेजी रु ७०, पुदिना प्रतिकेजी ४००, गान्टे मूला प्रतिकेजी रु ७०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२० र गुन्द्रुक प्रतिकेजी रु ३०० तोकेको छ ।

समितिले स्याउ झोले प्रतिकेजी रु २६०, स्याउ फुजी प्रतिकेजी रु ३००, केरा दर्जन रु १५०, कागती प्रतिकेजी रु १५०, अनार प्रतिकेजी रु ३५०, अङ्गुर हरियो प्रतिकेजी रु २५०, अङ्गुर कालो प्रतिकेजी रु ३५०, सुन्तला नेपाली प्रतिकेजी रु १५०, सुन्तला भारतीय प्रतिकेजी रु १००, तरबुजा प्रतिकेजी रु ४०, जुनार प्रतिकेजी रु ११०, भुइँकटर प्रतिगोटा रु २००, किबी प्रतिकेजी रु २५०, आभोकाडो प्रतिकेजी रु ३००, अमला प्रतिकेजी रु ७० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी १२०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ७०, खुर्सानी हरियो बुलेट प्रतिकेजी रु ९०, खुर्सानी हरियो माछे प्रतिकेजी रु ५०, खुर्सानी हरियो अकबरे प्रतिकेजी रु ३००, भेँडेखुर्सानी प्रतिकेजी रु ७०, लसुन हरियो प्रतिकेजी रु ७०, हरियो धनियाँ प्रतिकेजी रु ५०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, रुख टमाटर प्रतिकेजी १५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ८०० तोकेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार