बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति

अर्थ सहित ६ वटा संसदीय समितिको बैठक बस्दै

· शुक्रबार, १ भदौ, २०८१ मा प्रकाशित
अर्थ सहित ६ वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौँ, भदौ १ :

अर्थ सहित आज ६ वटा संसदीय समितिका बैठक बस्दै छन्।

बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि महान्यायाधिवक्ता र नेपाल राष्ट्र बैङ्कका गभर्नरसँग छलफल गर्ने कार्यक्रम छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ११ बजे नै बोलाइएको छ । आजको बैठकमा वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई पूर्व प्रस्थान अभिमुखीकरण तालिम प्रदायक संस्थामा वैदेशिक रोजगार विभागबाट भएको अनुगमन तथा कारवाहीका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै बिहान ११ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल गर्ने तयारी छ ।

बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा सामाजिक परिचालिकाहरुको व्यवस्थापन सम्बन्धमा छलफल हुनेछ । 

त्यस्तै दिउँसो २ बजे बस्ने  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ सम्बन्धी उपसमितिको प्रतिवेदन पेस तथा प्रतिवेदन माथि छलफल हुनेछ । 

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बिहान ११ बजे बस्दै छ । बैठकमा सरकारको नीति तथा कार्यक्रम २०८०-०८१ र बजेट वक्तव्य २०८०-०८१ मा व्यक्त वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित विषयको कार्यान्वयनको अवस्था र उपलब्धिहरूका सम्बन्धमा मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार