जनता समाजवादी पार्टी (जसपा) नेपालले गठन गरेको अध्यादेश अध्ययन कार्यदलले आज (बिहीबार) पार्टीलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
पार्टी उपाध्यक्ष राजकिशोर यादव संयोजक रहेको कार्यदललले बुधबार अर्थसम्बन्धी अध्यादेशहरुबारे विज्ञसँग छलफल गरेसँगै प्रतिवेदन बुझाउने तयारी गरेको हो । अध्यादेशको विषयवस्तु अध्ययन गरेर स्वीकृत वा अस्वीकृत गर्नेबारे सुझावसहित पार्टीलाई प्रतिवेदन बुझाउने संयोजक यादवले बताए ।
उनका अनुसार अध्यादेश अध्ययन प्रतिवेदन बिहीबार पार्टीलाई बुझाइनेछ । कार्यदलको प्रतिवेदनका आधरमा पार्टीले निर्णय गर्ने यादवले बताए ।
अध्यादेशका विषयवस्तुहरु सकारात्मक भए पनि अध्यादेशबाट राज्य चलाउने प्रवृत्ति गलत भएको उनको भनाइ छ । उनले केही अध्यादेशलाई पार्टीले सकारात्मक रुपमा लिए पनि केही अध्यादेशहरुप्रति गम्भीर आपत्ति रहेको बताए ।
‘अहिलेसम्मको छलफल हेर्दा हामीले अध्यादेशलाई प्रक्रियाको हिसाबमा यसलाई राम्रो मान्दैनौं । यदि विधेयकका रुपमा ल्याउन पाए जनप्रतिनिधिले ओनरसिप लिन पाउँथे । तर सरकारले अति आवश्यक देखेको हुनाले अध्यादेशबाट ल्याएको हो । त्यसकारण सरकारलाई सचेत गराउन र अध्यादेशबाट राज्य सञ्चालन गर्नु राम्रो परिपाटी हो,’ उनले भने, ‘अध्यादेशको कन्टेन्टका आधारमा प्रतिवेदन तयार गर्नुपर्ने भएको कारण केही समय थप लाग्ने स्थिति छ । हामी आज त्यो प्रतिवेदन पार्टीलाई बुझाउँछौं र एउटा निर्णयमा पुग्छौं । केही अध्यादेश हामीले सकारात्मक रुपमा लिएका छौं भने केही अध्यादेशमा हाम्रो गम्भीर आपत्ति छ ।’
देश अध्यादेशबाट चल्न नहुनेमा पनि उनको जोड छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
राहत कोषमा पैसाको थुप्रो, बाढीपीडितलाई छैन झुप्रो
जलवायु परिवर्तनको असर न्यूनीकरणमा संस्थागत सहकार्य आवश्यक : मन्त्री पौडेल
थप समाचार
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
सरकारलाई रवि लामिछानेको सुझाव : अपरिपक्वताको प्रश्न उठ्ने काम नगर्नू
एनपीएल क्रिकेट : लुम्बिनीको अपराजित यात्रा कायमै