बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
प्रदेश कोसी प्रदेश

भोजपुरको दूधकोसी-चुहार-फलामढुंगा-घोडेटार सडक कालोपत्र सुरु 

· मंगलबार, २३ माघ, २०८१ मा प्रकाशित
भोजपुरको दूधकोसी-चुहार-फलामढुंगा-घोडेटार सडक कालोपत्र सुरु 
भोजपुर, माघ २३ :

जिल्लाको दूधकोशी- चुहार- फलामढुङ्गा- घोडेटार सडक कालोपत्र सुरु गरिएको छ ।

यातायात सञ्जाललाई थप मजबुत बनाउने लक्ष्यका साथ सोमबार ८३ वर्षीय किरात नाङछुङ कर्णबहादुर राईले किरात मुन्दुमी संस्कारअनुसार सडक कालोपत्रको शुभारम्भ गरेका हुन् ।

दक्षिणी क्षेत्रबाट भोजपुरलाई तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा रहेको यो सडक ग्रामीण सडक सञ्जाल सुधार परियोजना (आरसीआइपी) कार्यान्वयन एकाइ, कोशी प्रदेशको बजेटमा निर्माण हुने जनाइएको छ । बाइस दशमलव सात किलोमिटरको यो सडक कालोपत्र ७२ करोड ९८ लाख लागतमा गर्न लागिएको हो ।
  
हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले यो सडकले तराईका जिल्लासँग जोड्न सहजता हुने बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

थप समाचार