बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो #लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो
राजनीति

सांसदहरुसँग समन्वय गरेर अघि बढ्न मन्त्रीहरुलाई देउवाको निर्देशन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १५ माघ, २०८१ मा प्रकाशित
सांसदहरुसँग समन्वय गरेर अघि बढ्न मन्त्रीहरुलाई देउवाको निर्देशन
काठमाडौं, माघ १५ :

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रीहरुलाई सांसदहरुसँग समन्वय गरेर अघि बढ्न निर्देशन दिएका छन् ।

नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा सोमबार बसेको पार्टी संसदीय दलको बैठकमा सभापति देउवाले मन्त्रीहरुलाई आवश्यक समन्वय गरेर अघि बढ्न निर्देशन दिएको सांसद रामहरी खतिवडाले बताए ।

 उनकाअनुसार बैठकमा सांसदहरुले अध्यादेश ल्याउँदा जानकारी समेत नदिइएको भन्दै मन्त्रीको कार्यक्षमतामाथि समेत प्रश्न उठाएका थिए ।  मन्त्रीहरुले यसको बारेमा जवाफ दिनुपर्ने भएकाले माघ १८ गते फेरि संसदीय दलको बैठक बोलाउने निर्णय भएको उनले बताए । 

उनले बैठकमा सांसदहरुले दुई ठुला दल मिलेर बनेको सरकारले अपेक्षाकृत काम गर्न नसके जनतामा निराशा छाउने भएकाले गम्भीर भएर अगाडि बढ्नुपर्ने धारणा राखेका छन् । 

बैठक १८ गतेसम्मलाई  स्थगित  भएको छ । अध्यादेश लगायतका विषयमा सांसदहरुले बोल्ने क्रम नसकिएपछि बैठक शुक्रबारसम्मलाई स्थगित गरिएको प्रमुख सचेतक श्याम घिमिरेले बताए । उनका अनुसार सोमबार दोस्रो दिन १७ जनाले धारणा राख्न भ्याए ।

 केही सांसदहरु बोल्न बाँकी रहेको र त्यसपछि मन्त्रीहरुले जवाफ दिने कार्यक्रम भएकाले अर्को बैठक १८ गते बिहान ८ बजे बस्नेगरी स्थगित भएको घिमिरले बताए।बैठकमा बोल्ने केही सांसदहरुले सरकारले ल्याएको अध्यादेशबारे प्रश्न उठाएका छन्।

कांग्रेसका केही नेताहरुले सार्वजनिक रुपमै सरकारले अध्यादेशमार्फत देश चलाउन खोजेको भन्दै असन्तुष्टि जनाउँदै  आएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार