बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो#मन्त्री खडकराज पौडेल#दमकलमा प्राविधिक समस्या#कागेश्वरी मनोहरा#दमकल सेवा#युनिसेफ#बालबालिकामैत्री जलवायु#थप लगानी गर्न युनिसेफको सुझाव#टक्सारमा सर्वसाधारणको भीड#सुनको असर्फी र चाँदीका मेडालियन#सचिव विक्रम मिश्री#दानबहादुर कार्की#सर्वोच्च अदालत पुगे#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ #प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो#मन्त्री खडकराज पौडेल#दमकलमा प्राविधिक समस्या#कागेश्वरी मनोहरा#दमकल सेवा#युनिसेफ#बालबालिकामैत्री जलवायु#थप लगानी गर्न युनिसेफको सुझाव#टक्सारमा सर्वसाधारणको भीड#सुनको असर्फी र चाँदीका मेडालियन#सचिव विक्रम मिश्री#दानबहादुर कार्की#सर्वोच्च अदालत पुगे#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ
अर्थतन्त्र कर्पोरेट

भृकुटीमण्डपमा फेमिली एन्ड बेबी एक्स्पो हुँदै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १५ माघ, २०८१ मा प्रकाशित
भृकुटीमण्डपमा फेमिली एन्ड बेबी एक्स्पो हुँदै
काठमाडौं, माघ १५ :

बालबच्चा तथा परिवारलाई मनोरञ्जनसहित आवश्यक वस्तु तथा सेवा एकै छानामुनि उपलब्ध गराउन बेबी एक्स्पो आयोजना हुने भएको छ ।

माघ १६ गतेदेखि इभेन्ट सोलुसन प्रालिको आयोजनामा राजधानीको भृकुटीमण्डपमा ‘फेमिली एन्ड बेबी एक्स्पो २०२५’ आयोजना हुन लागेको हो ।

माघ १९ गतेसम्म ४ दिन आयोजना हुने एक्स्पोको अभिनेत्री प्रियंका र उनकी छोरी आयांकाले उद्घाटन गर्ने कायक्रम तय भएको इभेन्ट सोलुसनले जनाएको छ । ‘वान स्टप सोलुसन फर फेमिली एन्ड बेबी रिलेटेड प्रोडक्ट्स एन्ड सर्भिसेज’ भन्ने स्लोगानका साथमा आयोजना हुने एक्स्पोमा बालबच्चाका लागि आवश्यक सबै सामान तथा सेवा एकै छानामुनि उपलब्ध हुनेछ ।

नि:शुल्क प्रवेश गर्न सकिने एक्स्पोमा बालबालिकाहरुले मस्कट एपियरेन्स, पोएट्री तथा क्यालिग्राफी एक्टिभिटिजमा सहभागी हुन सक्छन् । फोटो बुथ तथा ३६० डिग्री क्यामेरा आकर्षणका रुपमा रहने एक्स्पोमा ट्रिजर हन्ट, स्पिन द हि्वल, स्काउट गेम तथा डान्समा बालबच्चा रमाउन सक्छन् ।

इभेन्ट सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानका अनुसार घरभित्र बसेर मोबाइल हेर्ने बानी परेका बालबच्चाका लागि रिफ्रेस हुन एक्स्पो उचित गन्तव्य बन्नेछ । अभिभावकहरुले आफ्ना बालबच्चालाई सक्रिय बनाउन तथा फरक वातावरण देखाउन एक्स्पोमा ल्याउन सक्ने उनको भनाइ छ ।

प्रधानका अनुसार बेलुन पपअप, म्युजिकल चियर, चम्चा दौड, फेस पेन्टिङ तथा ड्रइङ, पानीपुरी तथा पपकर्न खाने प्रतियोगिता पनि सञ्चालन हुनेछन् । यस्ता क्रियाकलापमा सहभागी हुनेलाई दैनिक रुपमा गोलाप्रथाबाट उपहार प्रदान गरिनेछ ।

बालबालिका तथा अभिभावकलाई लक्षित गरी विभिन्न किसिमका जानकारीमूलक सेसनहरु पनि सञ्चालन हुने एक्स्पोमा आमाबाबु र परिवारसम्बन्धी जानकारी प्रदान गरिनेछ भने महिला तथा बालबालिकामा हुने क्यान्सर तथा अटिजम र आईभीएफबारे जानकारी दिने सेसनहरु पनि सञ्चालन हुनेछन् ।

एक्स्पोमा जादु तथा सांगीतिक मनोरञ्जनात्मक प्रदर्शनीहरु पनि सञ्चालन हुनेछन् । यसका अलावा बालबच्चाका लागि आवश्यक पर्ने सबै किसिमका वस्तु तथा सेवा सुपथ मूल्यमा खरिद गर्न सकिने प्रधानले जनाए । शनिबार समापन हुने एक्स्पोको क्लोजिङ सेसनमा ‘टिम कार्टुन’ को विशेष प्रस्तुति रहनेछ ।

बालबच्चा तथा अभिभावक गरी २५ हजारभन्दा बढीले अवलोकन गर्ने लक्ष्य लिइएको एक्स्पोलाई जार रेस्टुरेन्ट, द वन्डरल्यान्ड, साउथ वेस्टर्न स्कुल, वर्किङ टुगेदर फर सोसियो इकोनोमिक ट्रान्सफर्मेसन, ललितपुर उद्योग वाणिज्य संघ, उद्योग वाणिज्य संघ काठमाडौं, नेपाल स्काउट, आक्र्स फुड, साउथ एसियन एस्ट्रो फेडेरेसनले सहयोग गरेका छन् ।

त्यसैगरी एक्स्पोका सहयोगीहरुमा नेपाल फर्निचर तथा फर्निसिङ संघ, एक्जिविसन लाइट हाउस, लायन्स क्लब अफ काठमाडौं युनिभर्सल, फ्रेस रस, वेबट्युन्ड स्टुडियो, लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो, एबीबी अस्ट्रेलिया तथा वर्ल्डलिंक कम्युनिकेसन रहेका छन् ।

एक्स्पोले अभिभावकलाई आफ्ना बालबालिकाको क्षमता परीक्षण गर्ने उचित गन्तव्य बन्ने आयोजकको अपेक्षा छ । बजारमा भौंतारिएर वस्तु तथा सेवाका साथै मनोरञ्जनका साधनको खोजी गर्नुपर्ने अभिभावकको बाध्यतालाई पनि एक्स्पोले समाधान गर्ने आयोजकको विश्वास छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार