शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

दोस्रो विश्वयुद्धका पीडितहरूको सम्झनामा आज होलोकास्ट स्मृति दिवस मनाइँदै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १५ माघ, २०८१ मा प्रकाशित
दोस्रो विश्वयुद्धका पीडितहरूको सम्झनामा आज होलोकास्ट स्मृति दिवस मनाइँदै
काठमाडौँ, माघ १५ :

दोस्रो विश्वयुद्धका बेला भएको वीभत्स नरसंहार पुनः नदोरियोस् र विश्वमा भ्रातृत्व, प्रेम एवं सद्भाव कायम होस् भन्ने उद्देश्यले आज विश्वभर होलोकास्ट स्मृति दिवस मनाइँदै छ ।

संयुक्त राष्ट्रसङ्घ महासभाको प्रस्ताव ६०/ ७ ले २७ जनवरीलाई होलोकास्टका पीडितहरूको सम्झनामा वार्षिक अन्तर्राष्ट्रिय स्मृति दिवसको रूपमा तोकेको हो ।

यो दिवस  न्यूयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालय र विश्वभरका राष्ट्रसङ्घ कार्यालयहरूमा विविध कार्यक्रमका साथ मनाइन्छ । होलोकास्टमा ६० लाखभन्दा बढी यहुदी मारिएका थिए ।

नेपालस्थित इजरायली, संयुक्त राज्य अमेरिका र सङ्घीय गणतन्त्र जर्मनीको राजदूतावासले आज संयुक्त रुपमा स्मृतिसभा आयोजना गर्ने इजरायलका राजदूत श्मुलिक आरी बासले बताएका छन् ।  

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार