बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश कर्णाली प्रदेश

कर्णालीका युवाहरुमाझ पूर्वमिस नेपाल श्रेष्ठ र पत्रकार दिलभूषण पाठक

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १३ माघ, २०८१ मा प्रकाशित
कर्णालीका युवाहरुमाझ पूर्वमिस नेपाल श्रेष्ठ र पत्रकार दिलभूषण पाठक
सुर्खेत, माघ १३ :

वीरेन्द्रनगरमा सञ्चालित कर्णाली युवा महोत्सवमा शनिबार कर्णालीका युवाहरुमाझ प्रेरणादायी सन्देश लिएर उपस्थित थिए, पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ र वरिष्ठ पत्रकार दिलभूषण पाठक ।

दृढ अठोट लिनुस्, सफलता मिल्छ : श्रेष्ठ


सन् २०१० कि मिस नेपाल सदीक्षाले युवाहरुलाई दृढ अठोट लिएर निरन्तर अघि बढेमा आफ्नो लक्ष्यमा सफलता मिल्ने बताइन् । यसका लागि हरेकले आफ्नो क्षमतामा विश्वास गर्नुपर्ने बताइन् । ‘अरुले जे सुकै भनोस् तर आफूले आफ्नो क्षमतामा विश्वास राख्नुपर्दछ । कुनै पनि अवसर तपाईंको अगाडि आउँछ भने समाउनुस्, अवसर टाढा-टाढा जान खोज्छ भने पछ्याउनुहोस्,’ उनले भनिन्, ‘हरेक कामको सम्मान गर्नुपर्छ । ठुलो-सानो जे-जस्तो भए पनि त्यो एउटा अवसर हो, त्यसलाई अँगाल्न सक्नुस् ।’

साथै उनले युवाहरुलाई कुनै काममा एकपटक असफल हुँदैमा निराश नहुन सुझाइन् । ‘तपाईं सबै असफल हुनुहोस्, असफल त्यस्तो होस् । त्यसले तपाईंलाई सफलताका लागि अग्रसर गराउन सिकाउँछ,’ उनले भनिन् ।

सत्य सूचना भएको मान्छे नै शक्तिशाली हुन्छ : पाठक

वरिष्ठ पत्रकार दिलभूषण पाठकले युवाहरुलाई सही सूचनालाई पछ्याउन आग्रह गर्दै सत्य सूचना भएको मान्छे नै अहिलेको शक्तिशाली हुने बताए । ‘तपाईंको हातमा स्मार्ट मोबाइल फोन छ, सही प्रयोग गरे एकदम ठीक छ तर गलत प्रयोग भएमा भयानक अवस्था निम्तिन सक्छ,’ उनले भने, ‘अध्ययनले युवाहरु पनि फेक समाचारको सिकार बनेका छन्, फेक समाचार फैलाउनमा पनि युवा प्रयोग भएका छन् । सूचना आधिकारिक भए मात्र विश्वास गर्नुस् ।’ डिजिटल प्रविधिले सात गुणा बढी झुटो समाचार सबैभन्दा छिटो आइपुग्ने उनको भनाइ थियो ।

आफू तीन दशकअघि कर्णाली आएको स्मरण गर्दै उनले त्यतिबेलाको कर्णाली र अहिलेको कर्णालीमा निकै फरक पाएको बताए । ‘३० वर्षअघि कर्णाली पुग्दा सिटामोल र दुई छाक खाना नपाएर ज्यान गुमाएका मान्छेहरु भेटेँ । कर्णालीमा बाटो थिएन, गाडी थिएनन्, सरकारले चामल ढुवानी गर्ने गरेको थियो, त्यही चामल पाउन हानाथाप हुने गर्दथ्यो,’ उनले भने, ‘तर अहिले परिस्थिति फरक छ, अहिले जता हेर्‍यो उतै सम्भावनै सम्भावना छन् ।’

दिलभूषणले युवाहरुलाई कर्णालीका सुन्दर दृश्यहरुलाई सामाजिक सञ्जालमार्फत प्रचार गर्न आग्रह गरे । ‘जुम्लामा फल्ने उचाइँको धान जस्तो अन्त छैन, मूल्यवान् जडीबुटी पाइने ठाउँ कर्णाली नै हो । तर यस्ता विषयहरु टिकटकमा देखिँदैनन्,’ उनले भने ।

कर्णाली युवा महोत्सव परिवर्तनका लागि युवा, राष्ट्र निर्माण मञ्च नेपाल र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजनामा शुक्रबारदेखि वीरेन्द्रनगरमा सञ्चालित छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार