शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति लुम्बिनी प्रदेश

रविको थुनछेक बहस आज सकिएन

शुक्रबार सबै बहस सकिए आदेश आउने सम्भावना
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ११ माघ, २०८१ मा प्रकाशित
रविको थुनछेक बहस आज सकिएन
बुटवल, माघ ११ :

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस हेर्दाहेर्दैमा राखिएको छ । 

जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लालदकुमार योगीको इजलामा भएको थुनछेक बहस नसकिएपछि  भोलि पुनः हुनेगरी आज हेर्दाहेर्दैमा राखिएको हो ।

आज (बिहीबार)सरकारी वकिल र सुप्रिम सहकारी प्रकरणमा जाहेरवालाका तर्फबाट बहस भएको छ ।

सरकारी वकिल कार्यालयका तर्फबाट बहस गरेकाहरूले सुप्रिम सहकारीबाट लगानी भएको ऋणको जिम्मेवार लामिछाने नै भएको दलिल पेस गरेका छन् । सात जना सरकारी वकिलहरूले बहस गरेका छन् । जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरेका हुन् । 

लामिछानेको तर्फबाट शुक्रबार(भोलि) वकिलहरूले बहस गर्नेछन्। त्यसपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन् । शुक्रबार सबै बहस सकिए आदेश आउने सम्भावना रहेको छ ।

यसअघि कास्कीके सूर्यदर्शन सहकारी र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जिल्ला अदालतहरूले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । 

रुपन्देही जिल्ला अदालतबाट कस्ता आदेश आउला भन्ने धेरैले चासो राखेका छन् । उनीविरुद्ध अन्य जिल्लामा पनि मुद्दा परेको छ ।बिहीबार बहस नसिकएपछि लामिछानेलाई परिवारको जिम्मा लगाइएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार