काठमाडौं, माघ ११ :
नेपाली कांग्रेसका सांसद दीपक गिरीले गैर आवासीय नेपाली (एनआरएन) हरुलाई निःशुल्क भिसा दिने प्रावधान गलत रहेको भन्दै सरकारले त्यसलाई सच्याउनु पर्ने जनाएका छन् ।
राजधानीमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस केन्द्रीय सदस्य पनि रहेका गिरीले नेपालको संविधानले नै एनआरएन नागरिकता सुनिस्चित गरि सकेपछि एनआरएनहरुलाई आफ्नै मातृभूमि आउँदा भिसा लगाउनु पर्ने प्रावधान संविधानको मर्म विपरीत रहेको बताए । उनले त्यस्तो प्रावधान संशोधन गर्नु पर्ने पनि जनाए ।
पूर्वमन्त्री गिरीले सरकारको काम सुस्त रहेको बताए । उनले सबै सहकारी पीडितहरुले आफुले बचत गरेको रकम फिर्ता पाउनु भन्दै जुनसुकै पार्टीको भए पनि संलग्नलाई कारबाही गर्नुपर्ने बताए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
कामपाले स्वदेशी फूल बिक्री गर्न ३३ स्थान तोक्यो, प्लाष्टिकजन्य माला बिक्री गर्न निषेध
राहत कोषमा पैसाको थुप्रो, बाढीपीडितलाई छैन झुप्रो
थप समाचार
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
सरकारलाई रवि लामिछानेको सुझाव : अपरिपक्वताको प्रश्न उठ्ने काम नगर्नू
एनपीएल क्रिकेट : लुम्बिनीको अपराजित यात्रा कायमै