बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
अर्थतन्त्र

पेट्रोलियम पदार्थ आयातबाट वीरगन्ज भन्सारमा ३७ अर्ब राजस्व संकलन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ११ माघ, २०८१ मा प्रकाशित
पेट्रोलियम पदार्थ आयातबाट वीरगन्ज भन्सारमा ३७ अर्ब राजस्व संकलन
पर्सा, माघ ११ :

चालु आर्थिक वर्षको ६ महिनामा वीरगञ्जबाट ८७ अर्ब ३२ करोड ३९ लाख ४० हजार बराबरको डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपीजी), एभिएसन टर्बाइन फ्युल (एटीएफ), मट्टितेल आयात भएको छ ।

उक्त पेट्रोलियम पदार्थ आयातबाट ३६ अर्ब ९६ करोड ३६ लाख २४ हजार राजस्व सङ्कलन भएको छ ।

गत आवको सोही अवधिको तुलनामा चालु आवको ६ महिनामा पेट्रोलियम पदार्थ आयातबाट चार अर्ब बढी राजस्व सङ्कलन भएको हो । 

चालु आवको ६ महिनामा ४२ अर्ब २४ करोड बराबरको चार लाख ७९ हजार सात सय ९९ किलोलिटर डिजेल आयातबाट १८ अर्ब ९८ करोड राजस्व सङ्कलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । 

चालु आवको ६ महिनामा दुई लाख २० हजार तीन सय ८५ किलोलिटर आयात भएको पेट्रोलबाट १२ अर्ब ४७ करोड राजस्व दाखिला भएको छ । 

चालु आवको ६ महिनामा आठ अर्ब नौ करोड बराबरको ८९ हजार तीन सय ८० किलोलिटर (एटीएफ) आयातबाट एक अर्ब एक करोड तथा ३६ करोड २० लाख बराबरको चार हजार २० किलोलिटर मट्टितेल आयातबाट १० करोड राजस्व सङ्कलन भएको जनाइएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार