नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले राम्रो भएको कुरा नागरिकले अहिले आएर बुझेको दाबी गरेका छन् ।
नेपाली कांग्रेसको आर्थिक नीति तथा योजना विभागले बुधबार आयोजना गरेको नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठीमा उनले यस्तो बताएका हुन् । उनले एमसीसी पास गराउन पनि धेरै गाह्रो भएको स्मरण गर्दै अहिले आमनागरिकले सही रहेछ भन्ने बुझेको बताए ।
उनले पास गराउने बेलामा धेरै ठुलो विरोध भए पनि अहिले आएर साँच्चिकै राम्रो रहेछ भन्ने सबैले थाहा पाएको बताए । ‘एकपटक एमसीसी पास गर्ने बेलामा, एमसीसी सही छाप गर्ने बेलामा धेरै ठुलो विरोध भयो । पार्लियामेन्टबाट पास गराउन पनि धेरै गाह्रो भयो,’ उनले भने, ‘अहिले सबैलाई थाहा भयो कि त्यो साँच्चिकै राम्रो रहेछ भनेर । यसले नेपाललाई फाइदै गरेको छ । हानि गरेको छैन भनेर । यो ग्रान्टमा आएको हो, ऋणमा आएको होइन । त्यसले अहिले फाइदा गरिरहेको छ भन्नेकुरा सबैले देखे । राम्रो गरेको छ ।’
व्यापार गर्ने र उद्योग खोल्ने काम सरकारको नभएको भन्दै व्यापार व्यापारीले र उद्योग उद्योगपतिले नै खोल्ने सभापति देउवाको भनाइ छ । ‘व्यापार गर्ने व्यापारीले नै हो, उद्योग खोल्ने उद्योगपतिले नै हो । सरकारले उद्योगपति र व्यापारी बन्ने कुरा पनि छैन । हाम्रो देश भारत र चीनको बीचमा छ । त्यसको असर पनि हामीलाई पर्छ । प्रभावहरु हाम्रोमा पर्छन्,’ उनले भने ।
सभापति देउवाले कुनै देशको ऋण लिँदा पनि ऋणको भारमा नपर्ने गरी लिनुपर्ने धारणा राखे ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
इनम सापकोटाको मोबाइल दुई दिनसम्म प्रधानमन्त्रीको सल्लाहकारको निवासमा कसरी पुग्यो?
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
कामपाले स्वदेशी फूल बिक्री गर्न ३३ स्थान तोक्यो, प्लाष्टिकजन्य माला बिक्री गर्न निषेध
राहत कोषमा पैसाको थुप्रो, बाढीपीडितलाई छैन झुप्रो
थप समाचार
एनपीएल क्रिकेट : लुम्बिनीको अपराजित यात्रा कायमै
गगन थापा भन्छन् : कांग्रेसको आधिकारिकताको लडाइँमा एक सुका पनि आर्थिक लेनदेन भएको छैन
इनम सापकोटाको मोबाइल दुई दिनसम्म प्रधानमन्त्रीको सल्लाहकारको निवासमा कसरी पुग्यो?