बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा बुधबार रविको बयान भएको हो । लामिछानेलाई रुपन्देही जिल्ला अदालतले भोलि बिहान १० बजे उपस्थित हुने सर्तमा परिवार र कानुन व्यवसायीको जिम्मा लगाएको छ ।
भोलि (बिहीबार) देखि मात्रै थुनछेक बहस हुने बताइएको छ ।रविको बयान सकिएकाले भाेलि(बिहीबार) देखि रूपन्देही जिल्ला अदालतका न्यायधिवक्ता प्रेम पौडेल, सह-न्यायधिवक्ता गोकर्ण घिमिरे, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले बहस गर्ने छन् । यस्तै लामिछानेकातर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र वरिष्ठ अधिवक्ता नारायण कंडेल लगायतले बहस गर्ने छन् ।
आइतबार लामिछानेसहित छविलाल जोशी, जीबी राईसहित पूरक १४ र यसअघिको मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएको छ । लामिछानेसँग मात्रै करिब ४ करोड भन्दा बढीको माग दाबी गरिएको छ ।
मुद्दा दर्ता भएपछि लामिछाने आज आफैं अदालतमा उपस्थित भएका हुन् ।गत पुस २५ गते कास्की अदालतले लामिछानेलाई ६५ लाख र माघ २ गते काठमाडौं अदालतले ६० लाख धरौटीमा छाड्न आदेश दिएको थियो।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
राहत कोषमा पैसाको थुप्रो, बाढीपीडितलाई छैन झुप्रो
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’