काठमाडौं, माघ १० :
सुप्रिम सहकारी ठगीको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सभापति रवि लामिछानेको बयान सुरु भएको छ ।
जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा बयान भइरहेको छ । रविको बयानपछि रूपन्देही जिल्ला अदालतका न्यायधिवक्ता प्रेम पौडेल, सह-न्यायधिवक्ता गोकर्ण घिमिरे, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले बहस गर्नेछन् ।
यस्तै लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र वरिष्ठ अधिवक्ता नारायण कँडेललगायतले बहस गर्नेछन् । लामिछानेसहित छविलाल जोशी, जीबी राईसहित पूरक १४ र यसअघिको मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा आइतबार मुद्दा दर्ता भएको छ ।
लामिछानेसँग मात्रै करिब चार करोड रपैयाँभन्दा बढीको माग दाबी गरिएको छ । मुद्दा दर्ता भएपछि लामिछाने आज आफैं अदालतमा उपस्थित भएका हुन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
राहत कोषमा पैसाको थुप्रो, बाढीपीडितलाई छैन झुप्रो
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’