बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति

धरानका मेयर हर्क साम्पाङले प्रधानमन्त्रीलाई भेट्न पाएनन्

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ९ माघ, २०८१ मा प्रकाशित
धरानका मेयर हर्क साम्पाङले प्रधानमन्त्रीलाई भेट्न पाएनन्
काठमाडौं, माघ ९ :

धरानबासीलाई खानेपानीको माग गर्दै सिंहदरबार पुगेका मेयर हर्क साम्पाङले प्रधानमन्त्री केपी ओलीलाई भने भेट्न पाएनन् । कार्यालय समयमा नै उनी सिंहदरबार पुगे पनि भेट हुन सकेन।

प्रधानमन्त्री ओलीसँग भेटेरै जाने भनेर उनी केहीसमय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेका थिए। प्रधानमन्त्रीसँग भेट नभएपछि उनी फर्किएका छन्।

उनी प्रधानमन्त्री ओली, खानेपानी मन्त्री  र अर्थ मन्त्रीसँग भेटर खानेपानी समस्या राख्ने भनेर धरानबाट काठमाडौं आइएका थिए । खानेपानी र अर्थमन्त्रीसँगको भेटमा उनले समस्या समाधान गर्ने आश्वासन त पाए तर,प्रधानमन्त्रीलाई नै भेटेर समस्या राख्न भने पाएनन् ।  

प्रधानमन्त्री ओली सगरमाथा संवादका लागि व्यस्त भएकाले मेयर साम्पाङसँग भेट्न हुन नसकेको जनाएको छ । साम्पाङ रित्तो गाग्री लिएर सिंहदरबार छिर्न खोज्दा प्रहरीले गाग्री खोसेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार