सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको भन्दै दवाब दिन रित्तो गाग्रीसहित काठमाडौं आएका मेयर हर्क साम्पाङको साथबाट प्रहरीले गाग्री खोसेको छ ।
प्रहरीले रित्तो गाग्री खोसेर मेयर हर्क साम्पाङलाई मात्र सिंहदरबार छिर्न दिएको छ । सांकेतिक रुपमा रित्तो गाग्री बोकेर खानेपानी मन्त्रालय जान आएका मेयर साम्पाङको साथबाट प्रहरीले गाग्री खोसेको हो ।
धरानको खानेपानी समस्या लिएर उनी रित्तो गाग्रीसहित खानेपानी मन्त्रालय,अर्थ मन्त्रालय र प्रधानमन्त्रीको कार्यालय जाने तयारीका साथ सिंहदरबार छिर्न खोज्दै थिए ।
सिंहरदबार परिसरमा बिहानैदेखि बाक्लो संख्यामा प्रहरी तैनाथ गरिएको छ। उनी हनुमानस्थानबाट रित्तो गाग्री बोकेर हिँड्दै सिंहदरबार पुगे।
धरानमा अहिले खानेपानी मुख्य समस्याको रुपमा रहेको छ । साम्पाङ पनि पानीकै समस्या समाधान गर्ने आश्वासन दिएर मेयर पदमा विजयी भएका हुन् । उनलाई अहिले आफ्नो प्रतिबद्धता पुरा गर्न बजेट लगायत विभिन्न कारणले समस्या भएको जनाइएको छ ।
धराने जनतालाई स्थायी रूपमा खानेपानीको व्यवस्था गर्न कोसीको पानी ल्याउनु पर्ने र त्यसका लागि बजेट छुट्याउनैपर्ने उनको अडान छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
राहत कोषमा पैसाको थुप्रो, बाढीपीडितलाई छैन झुप्रो
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’