संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठकमा आज सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक पेश हुँदै छ ।
आज दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा कानून, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
शान्ति प्रकृयाको महत्वपूर्ण काम मध्ये सत्य निरुपण तथा मेलमिलाप सम्बन्धि कार्य थियो ।
केहीदिन अघि मात्र प्रमुख तीन दल नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रबीच सहमति भएपछि टीआरसी विधेयक अघि बढेको हो ।
पीडितलाई केन्द्रमा राखेर कानून बनाइने गरी विधेयक अघि बढेको दलका नेताहरुको भनाइ छ । यद्यपी माओवादी द्वन्द्वका कारण ज्यान गुमाएका र अंग भंग भएका तथा बेपत्ता पारिएकाहरुका आफन्तहरुले भने न्याय पाउने कुरामा अझै आशंका गरेका छन ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
कामपाले स्वदेशी फूल बिक्री गर्न ३३ स्थान तोक्यो, प्लाष्टिकजन्य माला बिक्री गर्न निषेध
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’