शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
अर्थतन्त्र

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

· आइतबार, ७ माघ, २०८१ मा प्रकाशित
यस्तो छ आजको तरकारी र फलफूलको मूल्य
काठमाडौँ, माघ ७ :

कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । 

समितिका अनुसार आज आलु रातो प्रतिकेजी ४५, आलु रातो भारतीय प्रतिकेजी ४०, प्याज सुकेको भारतीय प्रतिकेजी ६५, गाजर लोकल प्रतिकेजी ७०, गाजर तराई प्रतिकेजी ६० रुपैयाँ निर्धारण गरिएको छ ।

बन्दा लोकल प्रतिकेजी २५, बन्दा तराई प्रतिकेजी २०, बन्दा नरिवल प्रतिकेजी २०, काउली स्थानीय प्रतिकेजी २०, स्थानीय काउली ज्यापु प्रतिकेजी  ३०, काउली तराई प्रतिकेजी २०, मूला रातो प्रतिकेजी ३०, मूला सेतो लोकल प्रतिकेजी २०, सेतो मूला हाइब्रिड प्रतिकेजी ३०, भन्टा लाम्चो प्रतिकेजी ४०, भन्टा डल्लो प्रतिकेजी ५० कायम भएको छ ।

यसैगरी, सखरखण्ड प्रतिकेजी ९०, बरेला  प्रतिकेजी ५०, पिँडालु प्रतिकेजी ९०, स्कूस प्रतिकेजी ५०, रायो साग प्रतिकेजी २५, पालुङ्गो साग प्रतिकेजी ६०, चमसुरको साग ६०, तोरीको साग प्रतिकेजी ३०, मेथीको साग प्रतिकेजी ६०, प्याज हरियो प्रतिकेजी ६०, बकुला प्रतिकेजी ७०, तरुल प्रतिकेजी १००, च्याउ कन्य प्रतिकेजी ८०, च्याउ डल्ले प्रतिकेजी ३०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी ३५, चुकुन्दर प्रतिकेजी ७०, रातो बन्दा प्रतिकेजी ६०, जिरीको साग प्रतिकेजी ७०, ग्याठ कोबी प्रतिकेजी ९० रुपैयाँ तोकेको छ ।

समितिले स्याउ झोले प्रतिकेजी २६०, स्याउ फूजी प्रतिकेजी ३००, केरा दर्जन १७०, अनार प्रतिकेजी ४००, अङ्गुर हरियो प्रतिकेजी २४०, अङ्गुर कालो प्रतिकेजी ३८०, सुन्तला नेपाली प्रतिकेजी १२०, सुन्तला भारतीय प्रतिकेजी १००, काँक्रो लोकल प्रतिकेजी १४ रुपैयाँ तोकेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार