बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
राजनीति

दुई साताभित्रै संसद् खुल्छ : प्रधानमन्त्री ओली

‘अध्यादेशले दुई महिनाभित्रै कानुनको रुप लिइसक्छ’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ५ माघ, २०८१ मा प्रकाशित
दुई साताभित्रै संसद् खुल्छ : प्रधानमन्त्री ओली
काठमाडौं, माघ ५ :

प्रधानमन्त्री केपी ओलीले दुई साताभित्रै स‌ंसद खुल्ने बताएका छन् । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) को २५ औं स्थापना दिवसको अवसरमा आज (शुक्रबार) काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यादेश १५/२० दिनमा संसद्‍मा पेस भइसक्ने र दुई महिनाभित्र कानुनको रुप लिइसक्ने ओलीको भनाई थियो। उनले काम रोक्नका लागि नभए अगाडि बढाउनका लागि कानुन बनाउनु परेको बताए ।

‘अहिले हामीले भर्खर कानुन अध्यादेशमार्फत ल्याएका छौं,‘अध्यादेशले शासन खोज्यो भने १५/२० दिनभित्रै संसद् आइसक्छ, उनले भने ‘संसद् आएको पहिलो दिन त्यहाँ पेस गर्छौं।’

उद्यमी व्यवसायीहरु अहिले तड्पिएका छन् भन्दै ओलीले  विकासलाई अघि बढाउन, जनतालाई सेवा पुर्‍याउन र व्यवसायीका निम्ति कानूनहरु परिवर्तन गर्नुपर्ने आवश्यकताको चर्चा गरे ।

प्रधानमन्त्रीओलीले बन्द भएका उद्योगलाई नयाँ ढाँचामा सञ्चालनको तयारी भएकाले उत्पादित ऊर्जाको खपतको चिन्ता लिइरहनु नपर्ने समेत बताए ।

स्वदेशमै फलामखानी र मल कारखानाजस्ता ठूला उद्योग स्थापना हुने क्रममा रहेको चर्चा गर्दै प्रधानमन्त्री ओलीले ऊर्जा उत्पादकले उत्पादित ऊर्जा खपतका ठाउँ आफैँ बनाउने भएकाले ऊर्जा बिक्रीको चिन्ता गरिरहनु नपर्ने बताए ।  

सरकारले आगामी ११ वर्षभित्र २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादनको मार्गचित्र तयार गरेको ओलीको भनाइ थियो।

प्रधानमन्त्री ओलीले  कोइला, पेट्रोल, डिजेललगायत वातावरणमा समेत प्रभाव पार्ने बस्तुको प्रयोग घटाउँदै नवीकरणीय ऊर्जा उत्पादन बढाउँदै लानु पर्नेमा जाेडदिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार