शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

भीम रावल धनगढी ओर्लिंदा एमालेविरूद्ध लाग्यो नारा, बालेनलाई समेटेर वैकल्पिक शक्ति बनाउने दाबी

सक्रिय न्यूज संवाददाता · शुक्रबार, ५ माघ, २०८१ मा प्रकाशित
भीम रावल धनगढी ओर्लिंदा एमालेविरूद्ध लाग्यो नारा, बालेनलाई समेटेर वैकल्पिक शक्ति बनाउने दाबी
काठमाडौँ, माघ ५ :

मातृभुमि जागरण अभियान नेपालका संयोजक भीम रावलले जुसुकै पृष्ठभूमिका भए पनि आफूसँग जोडिनेहरु आफ्नो अभियानका सदस्य हुने बताएका छन्।

धनगढीमा आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा उनले सबै देशभक्तलाई समेटेर वैकल्पिक शक्ति बनाउने दाबी समेत गरे । 
‘हिजो कसले कसलाई सर्मथन गरेको थियो, उनले भने, ‘अहिले मेरो साथमा आएपछि ती मातृभूमि जागर अभियानका युवाहरु  हुन्।’

रास्वपा सभापति रवि लामिछानेबारे सोधिएको प्रश्नमा  कुनै टिप्पणी नगर्ने  नचाहेका रावलले  राष्ट्रको हितमा अगाडि आउने बालेन साह लगायत सबैसँग मिलेर अगाडि बढ्ने  बताए । 

उनले अहिलेको देशको अवस्था परिवर्तनका लागि धेरै मानिसहरूसँग हातेमालो गरेर अगाडि बढ्नुपर्ने आफू त्यसमै लागेको बताए ।रावलले ठूला राजनीतिक दल गन्तव्यहीन, आदर्शहीन र सिद्धान्तहीन भएको आरोप लगाउँदै राष्ट्र र राष्ट्रियता जोगाउन सबै एक हुनुपर्ने धारणा राखे ।

रावल विमानस्थल ओर्लिंदा उनका समर्थकहरुले एमालेको विरोधमा नारा लगाएका थिए । पत्रकार भेटघाटपछि रावल गृहजिल्ला अछामतर्फ प्रस्थान गरेका छन् ।

एमालेबाट निस्कासनमा परेपछि पुस १७ मा काठमाडौँमा पत्रकार सम्मेलन गर्दै रावलले देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माणमा लाग्ने घोषणा गरेका थिए ।उनी अहिले ‘मातृभूमि जागरण अभियान नेपाल’ को नामबाट देशदौडाहा गरिरहेका छन् । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार