
सिन्धुली, माघ ५ :
सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।
काठमाडौँबाट जनकपुर जाँदै गरेको बा ३ ख ८४४५ नम्बरको माइक्रोबस विहीबार साँझ सुनकोशी गाउँपालिका ६ मा दुर्घटना भएको हो ।
दुर्घटनामा धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर १० का ५० वर्षीय निर्मल गुप्ताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
गुप्ताको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते ६ जनाको उपचार धुलिखेल अस्पतालमा भइरहेको छ । अरु ६ जना घाइतेलाई उपचारका लागि काठमाडौँ पठाइएको सिन्धुली प्रहरीले जनाएको छ ।
पछाडिको टायर पन्चर हुँदा सडक छेउको डिभाइडर ठोक्किएर माइक्रो बस दुर्घटना भएको जनाइएको छ ।