बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा #गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा
राजनीति

रविको मुद्धामा थुनछेक बहस जारी,आजै आदेश आउने

बोलाएको बेला हाजिर हुने गरी छाड्न रवि पक्षका वकिलको माग
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३ माघ, २०८१ मा प्रकाशित
रविको मुद्धामा थुनछेक बहस जारी,आजै आदेश आउने
काठमाडौं, माघ ३ :

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा आजै आदेश आउने भएको छ । सरकारी र लामिछाने पक्षका वकिलहरूले बहस सकिएसँगै यो मुद्दामा आदेश आउने भएको हो ।

आज (बुधबार)  लामिछानेको तर्फबाट वकिलहरूले बहस गरेका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा  भइरहेको बहसमा रविको पक्षमा वरिष्ठ अधिवक्ताहरू सुशिल पन्त र रमण श्रेष्ठले र अधिवक्ता सुरज बस्नेतले बहस गरेका छन् । यसपछि सरकारी वकिलले जवाफी बहस गर्ने जनाइएको छ।

लामिछाने पक्षका वकिलहरूले भने बोलाएको बेला हाजिर हुने गरी लामिछानेलाई छाड्न माग गरेका छन्।तर, रविविरुद्ध बहस गरेका वकिलहरूले भने  प्रमाण नष्ट हुनसक्ने भन्दै उनलाई थुनामै राख्नुपर्ने तर्क गरेका छन् ।

पहिले सरकारी वकिलहरु र सहकारी पीडितका तर्फका वकिलहरूले बहस गरेका थिए । आज लामिछाने पक्षका वकिलहरूले बहस गरेका हुन्।उक्त मुद्दामा सोमबार सरकारी वकिल कार्यालयका तर्फबाट ११ जनाले बहस गरेका थिए ।

जिल्ला अदालत कास्कीको आदेशपछि धरौटीमा रिहा भएका लामिछाने गत आइतबार आफैं अदालतमा उपस्थित भएका थिए ।

काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाइएको छ।

र याे पनि‍‍‍‍…

स्वर्णलक्ष्मी सहकारी प्रकरण : रविको तर्फबाट बहस सुरु

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार