बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

कांग्रेस सभापतिको नामबाट कसले जारी गर्‍याे नक्कली प्रेस वक्तव्य ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २९ पुस, २०८१ मा प्रकाशित
कांग्रेस सभापतिको नामबाट कसले जारी गर्‍याे नक्कली प्रेस वक्तव्य ?
काठमाडाैं, पुस २९ :

सत्तारूढ दल नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कांग्रेस केन्द्रीय  कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी नेपाली राजनीतिलाई तरङ्गित गर्ने, गठबन्धन सरकारका बारे अन्योल सिर्जना गरी जनतालाई दिग्भ्रमित गर्ने उद्देश्यले पार्टी सभापति देउवाका नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकामा गम्भीर ध्यानाकर्षण भएको बताए ।

कांग्रेसले हतास मनस्थितिबाट गरिएका यस्ता घृणित कार्यको निन्दा गर्दै त्यस्ता गैरकानुनी कार्यमा संलग्न जो कसैलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको छ । पार्टी कार्यालयका मुख्यसचिव पौडेलले यस्ता भ्रमित गतिविधिबाट प्रभावित नहुन सबैमा अनुरोध गरेका छन् । रासस

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार