शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने #सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने
समाचार

काठमाडौंका यी स्थानमा हुनेछ आज ४ घण्टा विद्युत् अवरुद्ध

· शनिबार, २८ पुस, २०८१ मा प्रकाशित
काठमाडौंका यी स्थानमा हुनेछ आज ४ घण्टा विद्युत् अवरुद्ध
काठमाडौँ, पुस २८ :

नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । 

प्राधिकरणले एक सूचना प्रकाशित गरी लाइन मर्मत एवम् विस्तारका लागि विद्युत् सेवा अवरुद्ध हुने जनाएको हो ।
    
प्राधिकरणले क्षेत्रपाटी फिडर अन्तर्गत पर्ने टेकु विष्णुमती करिडोरमा भूमिगत केवल लाइन मार्फत पुष्पलाल पार्कमा रहेको ट्रान्सफरमर टावरमा जडान गरी ओभरहेड लाइन जडानका लागि लाइन कटौती हुने जनाएको छ । 

यस कार्यका लागि क्षेत्रपाटी चोक, पकनाजोल, टहिटी चोक, ज्याठा लगायतका क्षेत्रमा एक बजेदेखि पाँच बजेसम्म लाइन कटौती हुने सूचनामा उल्लेख छ ।

यस्तै, टेकु थापाथली फिडर अन्तर्गत थापाथली चोकदेखि नेपाल आँखा अस्पताल, राहदानी विभाग, वल्र्ड ट्रेड सेन्टर, दशरथ रङ्गशाला हुँदै ब्लु क्रस अस्पताललगायतका क्षेत्रमा पनि विजुली कटौती हुनेछ ।

त्रिपुरेश्वर फिडर अन्तर्गत पर्ने टेकु सव स्टेशन अगाडिबाट पचली भैरव, नेपाल उद्योग वाणिज्य महासंघ, टेकुचोकबाट त्रिपुरेश्वर चोक नपुग्दै भाटभटेनी सुपरमार्केट अगाडिसम्म, टेकु वंशीमार्ग, सुकुम्बासी टोलसम्म जाने बाटोसम्म पनि विजुली कटौती हुने सूचनामा उल्लेख छ ।

थापाथली फिडर अन्तर्गत प्रसुतीगृह पूर्वगेट, नर्भिक अस्पताल, थापाथली पन्चायणीमार्ग, कुरिया गाउँ, आन्तरिक राजश्व कार्यालय पछाडिसम्म पनि एक बजेदेखि पाँचबजेसम्म लाइन काटिने सूचनामा उल्लेख छ ।

तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सूचनामा उल्लेखित समयसीमा भन्दा पहिल्यै लाइन पुनः सञ्चालनमा आउने सूचनामा उल्लेख छ । लाइन कटौतीका कारण उपभोक्तामा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार