काठमाडौं महानगरपालिकाका मेयर बालेन( बालेन्द्र ) साहले नयाँ प्रमुख प्रशासकीय अधिकृत माग गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेका छन् ।
हाल महानगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतका सम्बन्धमा छानविन भइरहेको हुँदा उनको सट्टामा कामकाजका लागि प्रमुख प्रशासकीय अधिकृत खटाई पठाई दिनुहुन भन्दै मेयर साहले शुक्रबार अनुरोधसहितको पत्र लेखेका हुन्। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ दफा ८४ बमोजिमकाे भन्दै मेयर साहले पत्रमा उल्लेख गरेका छन्।
पुरानो बसपार्कस्थित काठमाडौं टावरको नक्सा प्रक्रिया नपुर्याई पास गरेको भन्दै महानगरले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिन गरिरहँदा गोविन्दप्रसाद शर्मालाई निमित्तकाे जिम्मेवारी दिइएकाे थियाे ।निमित्त प्रमुखको जिम्मेवारी पाएका शर्माले पनि राजीनामा दिएपछि अहिले काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन बन्न पुगेको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
राहत कोषमा पैसाको थुप्रो, बाढीपीडितलाई छैन झुप्रो
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’