बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
प्रदेश लुम्बिनी प्रदेश

रामपुरको लक्ष्मीनारायण सङ्ग्रहालय सञ्चालनमा

· शुक्रबार, २७ पुस, २०८१ मा प्रकाशित
रामपुरको लक्ष्मीनारायण सङ्ग्रहालय सञ्चालनमा
पाल्पा, पुस २७ :

पाल्पाको रामपुर नगरपालिकामा रहेको लक्ष्मीनारायण सङ्ग्रहालय सञ्चालनमा आएको छ । 

लक्ष्मीनारायण धर्मशालालाई अहिले सङ्ग्रहालयको रुपमा परिणत गरी सञ्चालनमा ल्याइएको हो ।

रामपुरऔ ४ खोप्टारमा करिब दुई सय वर्ष पुरानो उक्त धर्मशालाको पुनर्निर्माण पश्चात् रामपुर नगरपालिका, स्थानीय जनप्रतिनिधि, स्थानीयवासी, सरोकारवालालगायतको पहलमा सङ्ग्रहालय स्थापना गरिएको हो ।

गाउँघरमा प्रचलनमा रहेका पुराना ऐतिहासिक वस्तु तथा विभिन्न जातजातिका वेशभूषा सङ्ग्रह गरी राखिएको लक्ष्मीनारायण पाटी सङ्ग्रहालय समितिका अध्यक्ष कविता मल्लले जानकारी दिए । 

विभिन्न व्यक्तिबाट प्राप्त भएका सामग्री सङ्कलन गरी सङ्ग्रहालयमा राखिएका छन् । विभिन्न जातजातिसँग सम्बन्धित पोसाक रहेका छन् । धर्मशालाको तल्लोतलामा पुराना सामग्री र दोस्रो तलामा विभिन्न जातजातिसँग सम्बन्धित पोसाक राखिएका छन् ।

कालीगण्डकी बेँसी क्षेत्रको पहिचानको रुपमा रहेको यस धर्मशालाको इतिहासलाई जीवन्त राख्न पुनर्निर्माण गरी सङ्ग्रहालय सञ्चालन गरिएको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बताए ।

नगरपालिकाबाट प्राप्त दुई लाखले यसवर्ष बारबन्देजको काम गरिएको छ । वडा नं ४ को वडा कार्यालयबाट विनियोजित एक लाख खर्च गरेर  सङ्ग्रहालयमा बिजुली बत्तीको व्यवस्था गरिएको वडाध्यक्ष रामबहादुर रानाले जानकारी दिए ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार