बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

अर्थतन्त्र समृद्ध बनाउन कृषि उत्पादन बढाऔं : सिंह

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २६ पुस, २०८१ मा प्रकाशित
अर्थतन्त्र समृद्ध बनाउन कृषि उत्पादन बढाऔं : सिंह
तनहुँ, पुस २६ :

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्रलाई समृद्ध बनाउन कृषि उत्पादन वृद्धिमा जोड दिनुपर्ने धारणा राखेका छन् ।

तनहुँ महोत्सवमा बिहीबार उनले कृषकको भलाइ र देशको आर्थिक विकासका लागि कृषि उत्पादन बढाउनुपर्नेमा जोड दिए ।

तनहुँको राजनीतिक रूपमा मात्र नभई कृषि,पर्यटन र ऊर्जाको क्षेत्रमा पनि महत्त्वपूर्ण भूमिका रहेको उनको भनाइ छ । ‘नेपालको अर्थतन्त्रलाई अगाडि बढाउन हामीले ऊर्जालाई व्यवस्थित गर्नुपरेको छ । कृषि उत्पादन वृद्धि गर्न तपाईं हामी सबैले जोड दिनुपर्छ भन्नेमा दुइमत छ‌ैन,’ उनले भने । कोभिडले नेपालको अर्थतन्त्रमा असर पारे पनि अहिले पर्यटन क्षेत्रमा उल्लेख्य सुधार आएको र त्यसले रोजगारी सिर्जनासँगै अर्थतन्त्रमा समेत महत्त्वपूर्ण योगदान पुर्याएको सिंहले बताए ।

त्यस्तै उनले महोत्सवले आर्थिक गतिविधि बढाउन, स्थानीय उत्पादनको बजारीकरण गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे । उपप्रधानमन्त्री सिंहले वर्तमान सरकारको प्राथिमकता नागरिकको जीविका सहज बनाउनु रहेको भन्दै त्यसका लागि सरकारले कृषि, पर्यटन, ऊर्जालगायत क्षेत्रको विकासमा  विशेष ध्यान दिइरहेको दाबी गरे ।

महोत्सवले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक नेपाली समाजको चित्र प्रस्तुत गरेको भन्दै उनले कलासंस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि पनि महोत्सव हुनु सकारात्मक रहेको धारणा राखे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार