काठमाडौं, पुस २६ :

नेपाल एसबीआई बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत दोलखाको भीमेश्वर नगरपालिका ९ मा रहेको सुर्के माविमा अध्ययनरत विद्यार्थीका लागि स्कुल ब्याग तथा शैक्षिक सामग्री प्रदान गरेको छ ।

कार्यक्रममा बैंकका  प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले सुर्के माविका व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकलाई औपचारिक रुपमा उक्त सामग्री हस्तान्तरण गरे  ।

कार्यक्रममा बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत, राजेशकुमार पन्डा, प्रमुख सञ्चालन अधिकृत, विकास आनन्द, प्रमुख जोखिम तथा अनुपालन अधिकृत, विष्णुदेव यादव, प्रमुख कर्जा अधिकृत, अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रवर्धन अधिकृत, रितेश अर्याल र बैंक तथा स्कुल समितिका अन्य उच्च पदाधिकारी र शिक्षकहरु समेतको उपस्थिति थियो ।

बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ ।

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२२ एटीएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।