शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने #सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने
समाचार

मकवानपुर-काठमाडौँ जोड्ने महालक्ष्मी खोला-मातातीर्थ सडक माघ ७ सम्म बन्द हुने

· सोमबार, २३ पुस, २०८१ मा प्रकाशित
मकवानपुर, पुस २३ :

मकवानपुर र काठमाडौँ जोड्ने महालक्ष्मी खोला- मातातीर्थ सडक आजदेखि आगामी माघ ७ गतेसम्म बन्द हुने भएको छ । 

उक्त सडक अन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका- ५ स्थित महालक्ष्मी खोला नजिकै भीर कटानका लागि सडकमा यातायात सेवा बन्द गर्न लागिएको गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले  जानकारी दिएका छन् ।

पूर्वाधार विकास कार्यालयले मकवानपुर तर्फको सडक खण्डमा स्तरोन्नतिका क्रममा उक्त सडकमा यातायात सञ्चालन बन्द गर्न लागिएको उनले बताए। उक्त सडक आगामी माघ ७ गतेसम्म बन्द रहने छ ।

यस्तै, मकवानपुर- काठमाडौँ जोड्ने कुलेखानी- फाखेल सडकखण्ड र कुलेखानी- सिस्नेरी- दक्षिणकाली सडकखण्डमा एकतर्फी मात्रै सवारी साधान सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

उनका अनुसार हेटौँडाबाट काठमाडौँ आउने सवारी सिस्नेरीतर्फबाट र काटमाडौँबाट हेटौँडा जाने सवारी सधान फाखेलबाट सञ्चालन भइरहेको छ । दुबै सडकखण्डमा हाल स्तरोन्नति भइरहेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार