शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार अर्थतन्त्र

दानाखोला र अप्पर मर्स्याङ्दी जलविद्युत् आयोजनाका लागि जुट्यो लगानी

· सोमबार, २३ पुस, २०८१ मा प्रकाशित
दानाखोला र अप्पर मर्स्याङ्दी जलविद्युत् आयोजनाका लागि जुट्यो लगानी
काठमाण्डौँ , पुस २३ :

विभिन्न जलविद्युत् आयोजनामा लगानी जुट्ने क्रम सुरु भएको छ । पछिल्लो एक सातामा दुई महत्वपूर्ण जलविद्युत् आयोजनका लागि लगानी जुटेको छ । 

केही दिन पहिले लालुपाते हाइड्रोपावर कम्पनीद्वारा प्रवर्द्धित ४९ दशमलव ९५ मेगावाट क्षमताको दानाखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको थियो । 

दानाखोलामा विभिन्न बैङ्क तथा वित्तीय संस्थाद्वारा नौ  अर्ब ९६ करोड लगानी सुनिश्चित भइसकेको छ । ७४ करोड स्थानीयमा शेयर जारी गरेर एक अर्ब ७४ करोड सञ्चालकले लगानी गर्ने भएका छन् । 

यससँगै पुनः अर्को जलविद्युत् आयोजनामा पनि लगानी जुटेको छ । लमजुङमा आयोजना स्थल रहेको एक सय दुई मेगावाट क्षमताको अप्पर मर्स्याङ्दी एक जलविद्युत् आयोजनामा पनि लगानी जुटेको हो । 

अप्पर मर्स्याङदी हाइड्रोपावर कम्पनी प्रवर्द्धक रहेको सो आयोजनामा विभिन्न बैङ्कले रु १६ अर्ब बराबरको लगानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । 

प्रवर्द्धक कम्पनीले उपलब्ध गराएको विवरणअनुसार लक्ष्मी सनराइज बैङ्कले सात अर्ब, ग्लोबल आइएमइ बैङ्कले छ अर्ब र प्रभु बैङ्कले तीन अर्ब बराबरको लगानी गर्ने भएका हुन् । 

सो आयोजनाको कूल लागत २१ अर्ब ४० करोड बराबर रहनेछ । कूल लागतमध्ये ७४ दशमलव ७७ प्रतिशत बैङ्कले र २५ दशमलव २३ प्रतिशत भने प्रवर्द्धकले लगानी गर्ने छन् । 

आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता, विद्युत् उत्पादन अनुमतिपत्र समेत प्राप्त भइसकेको छ । आगामी चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाबाट वार्षिक पाँच सय ८३ दशमलव शून्य तीन गिगावाट घण्टा ऊर्जा उत्पादन गर्ने छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार