शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने #सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने
समाचार

मेलम्चीको विकल्पका रुपमा रहेको सिस्नेरी खानेपानी आयोजनाको डिपिआर सुरु

· बुधबार, १८ पुस, २०८१ मा प्रकाशित
मेलम्चीको विकल्पका रुपमा रहेको सिस्नेरी खानेपानी आयोजनाको डिपिआर सुरु
काठमाण्डौँ , पुस १८ :

मेलम्ची खानेपानी आयोजनाको विकल्पका रुपमा रहेको सिस्नेरी खानेपानी आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) सुरु भएको छ ।

आयोजनाको सम्भाव्यता अध्ययन सकिएर विस्तृत आयोजनाको काम अघि बढाइएको काठमाण्डौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा सञ्जीवविक्रम राणाले जानकारी दिनुभयो । 

चालु आर्थिक वर्षभित्र परामर्शदाता छनोट गर्ने र काम सुरु भएको १४ महिनामा प्रतिवेदन तयार हुने उहाँले बताउनुभयो । बोर्डले मकवानपुरमा अवस्थित सिस्नेरी र कोगटे खोलाको पूर्वसम्भाव्यता अध्ययन भने पूरा गरिसकेको छ ।

खानेपानी मन्त्री प्रदीप यादवले ललितपुरका धेरै ठाउँमा खानेपानी आपूर्ति गर्ने उद्देश्यले सिस्नेरी खानेपानी आयोजनाअघि बढाउन लागिएको बताउनुभयो । उहाँका अनुसार यो आयोजना मेलम्ची खानेपानी आयोजनाको विकल्पमा बनाउन लागिएको हो ।

काठमाण्डौँ उपत्यकाको जनसङ्ख्या बढ्दै जाँदा मेलम्चीको पानी मात्रै पर्याप्त नहुने भएकाले नयाँ विकल्पमा काम सुरु गरिएको हो । सिस्नेरीमा बाँध बाँधेर खोलाको पानी सङ्कलन गर्ने र उपत्यकामा पठाइने कार्यकारी निर्देशक राणाले बताउनुभयो । 

उहाँका अनुसार उक्त आयोजनाबाट दैनिक १३ करोडदेखि १४ करोड लिटर पानी उपत्यकामा ल्याउन सकिन्छ । उक्त आयोजनास्थल ललितपुरको सैंबु रिजर्भ वायरबाट करिब १९ किलोमिटर टाढा दक्षिणमा पर्दछ । 

जुन कुलेखानी खोला, सिस्नेरी खोला र मकवानपुर जिल्ला हुँदै बगेको बागमती नदीको नजिक पर्दछ । सिस्नेरीमा रहेको कोगटे खोला कुलेखानीको शाखा हो भने कुलेखानी बागमती नदीको शाखा हो । 

यस आयोजनालाई दीर्घकालीन महत्वको आयोजनाका रुपमा हेरिएको छ । यस आयोजनाअन्तर्गत सिस्नेरीमा बाँध निर्माण गरी कोगटे खोला र कुलेखानी खोलाको पानी वर्षायामको समयमा सङ्कलन गरिनेछ र सङ्कलित पानीलाई पम्प गरी सैंबु जलाशयमा पठाई ललितपुर महानगर क्षेत्रभित्र वितरण गरिनेछ । 

सिस्नेरीमा निर्माण हुने बाँधको लम्बाइ एक सय ६२ मिटर र उचाइ ६५ मिटर रहने छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार