शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने #राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने
समाचार राजनीति

आर्थिक एवं भौतिक विकास मार्फत देशलाई समृद्धिको मार्गमा अग्रसर गराऔँः राष्ट्रपति

· मंगलबार, १७ पुस, २०८१ मा प्रकाशित
आर्थिक एवं भौतिक विकास मार्फत देशलाई समृद्धिको मार्गमा अग्रसर गराऔँः राष्ट्रपति
काठमाण्डौँ , पुस १७ :

राष्ट्रपति रामचन्द्र पौडेलले श्रमको सम्मान गर्दै आर्थिक एवं भौतिक विकासको माध्यमबाट देशलाई समृद्धिको मार्गमा अग्रसर गराउनु आजको आवश्यकता भएको बताउनुभएको छ । 

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले आज आयोजना गरेको श्रम संसद्मा उहाँले मुलुकको विकास भनेको केवल आर्थिक र भौतिक प्रगति मात्र नभइ योसँगै मानवीय पक्ष पनि भएको बताउनुभयो । आफूले राजनीतिक जीवनमा देशको सामाजिक एवं आर्थिक रूपान्तरणका लागि किसान र श्रमिकलाई साथमा लिएर काम गरेको स्मरण गर्नुभयो । 

“निमुखालाई न्याय अनि विपन्नलाई आय र श्रमको सम्मान गर्ने संस्कृति नै यो देशको विकासको आधार हो भन्ने विषयलाई मैले सदैव जोड दिँदै आएको छु, सफल राजनीतिक परिवर्तनपछि देशले चाहेको विकास र समृद्धिको आधार पनि हामीले यही अवधारणाको जगमा खोज्नुपर्दछ”, राष्ट्रपति पौडेलले भन्नुभयो । 

नेपालका श्रमजीवीहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा गरेको योगदान सराहनीय रहेको र सोही योगदानका कारण संविधानमा उचित श्रम अभ्यास, सङ्गठन गर्न पाउने स्वतन्त्रता, सामूहिक सौदाबाजी र योगदानमा आधारित सामाजिक सुरक्षालाई मौलिक हकका रुपमा समावेश गरिएको उहाँले बताउनुभयो । 

राष्ट्रपति पौडेलले  प्रकृतिको दोहन र मानवीयता प्रतिको बेवास्ताले विश्वमा दिनानुदिन जलवायु परिवर्तनको जोखिम बढेकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले जलवायु परिवर्तनको असरबाट महिला श्रमिकहरू बढी प्रभावित भएका बताउनुभयो ।  

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार